सिन्धुपाल्चोक । आर्थिक विपन्नताले ग्रस्त जुगल २ की पासाङ गोलेलाई ७ नम्बर वडाका पूर्व वडाध्यक्ष दिलकुमार लामाले कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।

लामो समयदेखि समाजसेवामा लाग्दै आइरहेका लामाले गोलेको आर्थिक अवस्था कमजोर भएका कारण कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका हुन् ।

जुगल गाउँपालिका वडा नम्बर २ सन्च गाउँ निवासी फुललाल गोलेको आर्थिक अवस्था निकै कमजोर भए पश्चात् उनले छोरीलाई पढाउन नसक्ने अवस्थामा पुगेका थिए । कक्षा ८ बाट ९ मा प्रथम भएकी छोरीलाई आफू अशक्त र आर्थिक स्थिति कमजोर भएपछि उनले छोरीलाई कक्षा ९ मा पढाउन नसक्ने अवस्थामा पुगेका हुन् । 

लामो समयदेखि सक्रिय रूपमा समाजसेवामा लाग्दै आइरहेका लामाले पासाङलाई कक्षा १२ सम्म जुनसुकै स्कुल पढे पनि आफूले पढाउने बताए । ‘ त्यो गाउँमा कक्षा ८ भन्दा छैन ,अन्तै राखेर पढाउन पर्छ,त्यसको लागि खान बस्न पढ्न सबै मैले बेहोर्छु’,उनले भने । उनले गोलेको भाउजू सुत्केरी हुँदा पनि हस्पिटल लैजान पैसा नहुँदा आर्थिक सहयोग गरेका थिए । लामो समयदेखि राजनीति र समाजसेवामा लाग्दै आइरहेका लामा राजनीतिलाई समाजसेवामा बदल्नु पर्ने बताउँछन् । उनी लामो समयदेखि राजनीति र समाजसेवा दुवैमा सक्रिय छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय