मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कुल मेलम्चीले विद्यालयको एप्लिकेशन सुरुवात , अभिभावकलाई मोटिभेशन तथा मेलम्चीका नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम गरेको छ । शनिवार मेलम्चीमा आयोजित एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान ,शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदी , मेलम्ची ११का अध्यक्ष चन्द्र बहादुर तामाङ, विद्यालयका संस्थापक अध्यक्ष पुस्कर धिताल लगायतले एप्लिकेशनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै विद्यालयका अध्यक्ष दिनेश बस्नेतले एप्लिकेशनले अभिभाकहरुलाई विद्यालय धाएर आफ्नो बालबच्चाको बारेमा बुझ्न नपर्ने र सबै कुरा एप्लिकेशनमा रहेको बताउनुभयो । एप्लिकेशनमा लेशन प्लान, गेहकार्य लगायत विद्यार्थीको हाजिरी र अन्य जानकारी रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख , वडा नम्बर ११का नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । उप्रमुख प्रधानले एप्लिकेशनको सुभकामना ब्यक्त गर्दै मेलम्ची नगरले निजि र सरकारी विद्यालयलाई समान ब्यबहार गर्ने बताउनुभयो ।

साथै बिद्यालयका अभिभावकलाइ मोटिभेसन कक्षा पनि आज संचालन गरिएको थियो । ।यो कार्यक्रम बिद्यार्थी र शिक्षकलाई पनि गरिने बिद्यालयका अध्यक्ष दिनेस बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय