नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं बागमती प्रदेसका पुर्व मन्त्री युवराज दुलालले चुनावमा हारजित जे भएपनी विकास निर्माणको काममा आफू र आफ्नो पाटी सधै जनताको साथमा रहेको बताउनुभएको छ ।

आज मेलम्ची १३ फटकसिलाको अगुवा कार्यकर्ता भेला तथा पाटी प्रबेस कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि दुलालले जित्ने पाटिको भन्दा माओवादी केन्द्रले अझ धेरै विकासको काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।उहाँले कार्यकर्तालाइ निरास नभै एक ढिक्का भएर पाटी संगठन मजबुत बनाउन लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राप्रपा युवा संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष तुलसिराम घोरासैनी , राप्रपा वडा सचिव सहित एमालेका सक्रिय कार्यकर्ता नरबहादुर तामाङ , रामबहादुर तामाङ तथा राप्रपा ,एमाले र काग्रेँस परित्याग गरि करिव ६० जना माओवादी प्रवेस गरेका नेकपा माओवादी केन्द्रका मेलम्ची नगर उपाध्यक्ष एबम् मेलम्ची १३ का वडा अध्यक्षका प्रत्यासी सिवराम दगांलले जानकारी दिनुभयो ।

नवप्रवेसीलाई स्वागत गर्दै पुर्व मन्त्री दुलालले पाटिमा उचित स्थान दिइने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेस सचिवालय सदस्य चन्द्रबहादुर थापा , मेलम्ची नगर अध्यक्ष गोपाल नेपाल भिम लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय