काठमाडौँ – खानेपानी मन्त्रालय र मेलम्ची खानेपानीबाट प्रभावित स्थानिय तहका प्रमुखहरुविच छलफल तथा सुझाव संकलन भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, इन्द्रावती गाउँपालिकाका प्रमुख झम्क नेपाल र मन्डनदेउपुर नगरपालिकाका प्रमुखहरु बिच भएको छलफलमा खानेपानी विकास समिटि विघटन भइसकेपछि अबको कार्यायोजनाका विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानिय सरकारको स्वामित्वमा रहनेगरी संस्था मार्फतनै संचालन गर्दा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले यो बर्ष समयावधी पनी का भएको र पेस्कि लिएर योजना समेत तर्जुमा गरिसकेका कारणले गर्दा यो वर्ष सरोकार समितिलाई काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । बिधि सम्मत दर्ता भएको संस्था भएको र हिजो स्थानीय सरकार गठन नभएको बेलामा स्थापना गरिएका संस्था भएकाले नगरको प्रत्यक्ष निगरानीमा संस्थाद्वारा संचालन गर्दा समस्या नहुने तामाङले बतायनुभयो ।

छलफलमा आफ्नो भनाई राख्दै ईन्द्रावति गाँउ पालिमा अध्यक्ष झम्क नेपालले स्थानिय सरकार हुनुभन्दा अगाडि अहिले स्थानिय तहमा नेतृत्व गरेकै ब्यक्तिहरुको पहलमा बनाइएको संस्था भएकाले सम्बन्धित पालिकाबाट कार्यक्रम स्विकृत गराई सामाजिक उत्थान कार्यक्रम मार्फत काम गर्नुपर्ने भनाई राख्नुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार गठन र मेलम्ची बोर्ड खारेज भए पछि स्वःत पालिका मार्फत कार्यान्वयन हुनुपर्ने भनाइ राख्नुभयो । उहाँले नेपाल सरकारको पैसा स्थानिय सरकार मार्फत नै कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सरोकार समितिका अध्यक्ष तथा पदाधिकारीहरुले हामीले बिधि सम्मत हिसाबले दर्ता गरेको संस्था भएकाले वडाको सिफारिस र मेलम्ची खानेपानी बिकास समितिका प्राबिधिकहरुद्वारा प्राबिधिक मुल्यांकन अनुसार फरफारक गर्ने गरेकोले सरोकार समितिहरु मार्फत नै काम गर्न पाउनुपर्ने माग राख्नुभएको थियो ।

मेलम्ची खानेपानी विकास समिति विघटन भए पश्चात आयोजना प्रभावित स्थानिय तहमा सञ्चालित ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमा मार्फत बजेट विनियोज भई कार्यान्वय हुुने कार्यक्रम अनिश्चित भएको छ । छलफलमा खानेपानी मन्त्री उमाकान्त चौधरी, सचिव, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय