सिन्धुपाल्चोक । राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिले आज भर्खरै सम्पन्न स्थानीय तहको चुनावको समिक्षा बैठक गरेको छ ।

बैठकले स्थानीय चुनावमा पाटी हित बिपरित कार्य गर्ने , पाटिले उठाएका उमेदवार लाई असहयोग गर्ने , अन्तरघात नेता कार्यकर्तालाइ कारबाहीको लागि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष कुमारी तामाङले जानकारी दिनुभयो ।कारबाही सिफारिस गरिएकामा जिल्ला सदस्य फडिन्द्र दाहाल , मेलम्ची नगर उपाध्यक्ष एबम मेलम्ची १० का अध्यक्षका उमेदवार टेक बहादुर तामाङ , मेलम्ची २ का वडा अध्यक्षका उमेदवार थलबहादुर तामाङ मेलम्ची नगर कार्यसमिती सह सचिव अनिल सापकोटा , जिल्ला सदस्य एबम मेलम्ची ५ का इकाइ अध्यक्ष योगेन्द्र सिग्देल लगायत रहेका छ्न ।

उनिहरुलाइ अन्तरघात गरेको आरोपमा जिल्ला र प्रदेसमा बोधार्थ पठाइ केन्द्रिय समिती र केन्द्रिय कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।साथै बैठकले अब पाटिलाई ससक्त ढङ्गले अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा निर्वाचित पाँचपोखरी थाङपाल ४ का अध्यक्ष कुलबहादुर बस्नेत , वडा ७ का ४ जना , ५ का २ जना र २ नम्बरका १ जना निर्वाचित सदस्यलाई सम्मान पनि गरिएको थियो ।बैठकमा क्षेत्र न २ क का प्रमुख बाबुराम खडका , ख का उपाध्यक्ष बोलबहादुर तामाङ , पुर्व केन्द्रिय सदस्य बद्रीप्रसाद चौलागाईं , हेलम्बुका पार्सद प्रतिनिधि अम्बर बहादुर पण्डित ,मेलम्ची मेयरका उमेदवार सेतबहादुर तामाङ मेलम्ची नगरका अध्यक्ष जिवनाथ घोरासैनी , पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष भिमबहादुर गुरुङ चित्र लगायत उपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय