Site icon Subhatime

कागेश्वरी मनोहरा ५ का नवनिर्वाचित वडा वडाध्यक्षले तलबभत्ता सामाजिक कार्यमा खर्चने

काठमाडौं । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ का नवनिर्वाचित वडा अध्यक्ष शंकर पाण्डेले नेपाल सरकारबाट आफूलाई दिइने तलबभत्ता सामाजिक कार्यमा खर्च गर्ने निर्णय गर्नुभएको छ ।

वडा कार्यालयमा पदबहाली गरेपछी बसेको वडा समितिको पहिलो बैठकले सो निर्णय गरेको हो । वडा अध्यक्षले पाँच वर्षको कार्यकालमा तलब, भत्ताबापत पाउने सम्पूर्ण रकम सामाजिक एवं धार्मिक कार्यमा तथा आर्थिक विपन्नता भएका विद्यार्थी, ज्येष्ठ नागरिक, एकल महिला, अशक्त र दीर्घरोगीहरूको सहयोगमा खर्च गर्ने निर्णय गरिएको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभएको नेपाली कांग्र्रेस वडा कार्य समिति कागेश्वरी मनोहरा–५ का उपसभापति पुस्कर निरौलाले जाानकारी दिनुभयो ।

वडा समितिको पहिलो बैठकले वडामा सुशासन, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषिलगायत विषयलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने पनि निर्णय गरेको छ । उक्त वडामा नेपाली कांग्रेसले वडाध्यक्षमा शंकर पाण्डे र खुला सदस्यमा अत्मराम पौडेल गरी दुई स्थानमा विजय प्राप्त गरेको छ ।

पदबहाली कार्यक्रममा कांग्रेस काठमाडौं क्षेत्र नम्बर–२ का नेता रमेश प्रसाद पुडासैनी , वडा कार्यसमितिका सल्लाहकार अनि पदाधिकारीहरू कुमार कार्की, पुस्कर निरौला, निलाम्बर घिमिरे, दिपक सिलवाल, प्रदीप पोखरेल, शुभराज उप्रेती, जोतबहादुर राई, राजीव श्रेष्ठ, शिवराम पाण्डे, शिवप्रसाद ढुंगाना, क्षेत्रीय प्रतिनिधि खडमाया भुजेल, स्थानीय नेता दयाराम घिमिरेलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहको थियो ।

Exit mobile version