काठमाडौँ । भारतको नोएडा अन्तराष्ट्रिय विश्वविद्यालय एनआएयूले नेपालबाट सेवा शुरु गरेको छ ।

नेपालको काठमाडौँमा रहेको इ स्पट ग्रुपसंग सहकार्य गरि एनआएयूले सेवा शुरुवात गरेको हो । सोमबार नोएडा अन्तराष्ट्रिय विश्वविद्यालयका उपकुलपती प्रो।डा। उमा भारद्धाज र इ स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालयकी उपकुलपती भारद्धाजले नेपालमा खोलीएको शाखाले नेपाल र भारतको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो । उहाँले,‘विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरुले यो भन्दा अघि धेरै खालको दुःख भोग्नुपरेको थियो । तर, अब नेपालमा नै सबै जानकारी पाइने भएपछि उनीहरुले कुनै किसिमको समस्या खेप्नु पदैन ।’

कार्यक्रममा पोखरा युनिर्भसिटिका उपकुलपती प्रो। डा। प्रेम नारायण अर्यालले चाडै नै पोखरा युनिर्भसिटिले पनि एनआएयूसंग सहकार्य गरी पठन पाठन अगाडि बढाउने बताउनुभयो ।

इ स्पट गु्रपका प्रबन्ध निर्देशक राकेशकुमार बैद्यले एक लाख भन्दा बढी विद्यार्थीलाई विदेशमा पढ्न पठाईसकेको जानकारी दिदै भोलिको दिनमा यो कार्यले अझ निरन्तरता पाउनेमा सबैलाई विश्वस्त पार्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालयको पाठ्यक्रम, शैक्षिक उत्कृष्टता, पूर्वाधारको बारेमा पनि छलफल भएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल स्थित भारतीय राजदूतावास विभिन्न काउन्सिल परामर्श संघ, परामर्श दाताको कार्यक्रममा सहभागिता रहेको थियो ।

नेएडा अन्तराष्ट्रिय विश्वविद्यालय युजिसि मान्यता प्राप्त विश्वविद्यालय हो । विश्वविद्यालय अन्तर्गत ७५ वटा क्याम्पसले दर्जन बढी शैक्षिक विभागबाट ५४ राष्ट्रका विद्यार्थीलाई शिक्षा दिँदै आएको छ । यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधीसम्मका शिक्षा दिनुको साथै पाठ्यक्रमहरु पनि तयार पारिन्छ ।

विश्वमा छुट्टै पहिचान बनाउन सफल यस विश्वविद्यालयका बारेमा अब इ स्पट गु्रपबाट सबै खालका जानकारी लिनुका साथै भर्ना प्रकृया पनि अगाडि बढाउन सकिन्छ । यो ग्रुपले कन्सल्टेन्सीको रुपमा २३ वर्षदेखि सेवा दिँदै आएको भएता पनि २०१६ देखि शिक्षा मन्त्रालयबाट स्विकृती लिई परामर्श सेवा प्रदायक केन्द्रको काम गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय