
काठमाडौं । दोस्रो पटक चैतमा काठमाडौं ल्याइएको मेलम्ची खानेपानी बन्द गरिएको छ । मङ्गलवार खानेपानी संस्थान महाँकालचौर शाखाले सूचना निकालेर मेलम्ची खानेपानी बन्द भएको जानकारी दिएको हो ।
सरकारले निर्वाचनको मुखमा हतार हतार मेलम्चीको सुरुङमापानी पठाएको थियो । सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्र्यानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै अहिले मङ्गलवार देखी मेलम्ची खानेपानीको मूल ढोका बन्द गरिएको जनाइएको छ ।
शाखाले खानेपानी वितरण तालिका हेरफेर गरी नयाँ सूचना जारी गर्नेसमेत जनाएको छ ।