
सिन्धुपाल्चोक । मेलम्ची नगर उद्योग वाणिज्य सघंले भर्खरै सम्पन्न स्थानिय तहमा निर्वाचित मेलम्ची नगरपालिकाका प्रमुख ,उपप्रमुख र वडा नम्बर ११ का जनप्रतिनिधिलाई बधाई तथा शुुभकामना प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बिच सघंका तर्फबाट कानुनी सल्लाहकार विष्णु प्रसाद धितालले नगर प्रमुख आइतमान तामाङलाई अब समृद्ध नगर मेलम्ची बनाउनका लागि मेलम्ची उद्योग वाणिज्य सघं सँग समन्वय गर्दै काम गर्न आग्रह गर्नुभयो । उहाँले बजार ब्यबस्थापन, सार्वजानिक शौचालय, पार्किङ ,खानेपानी, फोहोरमैला ब्यबस्थापन लगायतका काम गर्नुपर्नेमा नगरको ध्यानाकर्षण गराउनुभएको थियो । नगर प्रमुख तामाङले उद्योग वाणिज्य सघंसँग सहकार्य गर्दै आगामि दिनमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बाह्रै महिना चल्ने सडक निर्माण, बर्खाको समयमा ह्युम पाइप निकालेपछि वैलल्पिक सडक ब्यबस्थापन,मख्य सडक सञ्चालनको लागि तयारी तथा ब्यापारीको हकहितका काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख तामाङले आगामि दिनमा पनि सल्लाह सुझाव दिदै रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।
उपप्रमुख उमा प्रधानले पनि होमस्टेको ब्यबस्थापन गरि पर्यटन प्रर्बद्धन गर्ने बताउनुभयो । उहाँले संस्कृति झल्कने गरी ठाउँ अनुसारको खाना ,खाजा तथा बासको ब्यबस्थापनका लागि आगामि दिनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको संस्थाका महासचिव तारा बाँनियाले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष पुष्कर धितालले प्रमाणपत्र प्रदान गर्दै बधाइ तथा शुभकामना दिनुभएको थियो भने अन्य पदाधिकारीहरुले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यसैबिच मेलम्ची ९ ज्यामिरेको सातकन्या माध्यमिक विद्यालयले पनि नगर प्रमुख , उपप्रमुख र वडा अध्यक्ष किरणदिप खड्कालाई आज सम्मान गरेको विद्यालयका प्रधानाध्यापक जनक अधिकारीले जानकारी दिनुभयो ।