काठमाडौं । राजधानीको धोबिधारास्थित एसियन कलेज अफ हाइयेर स्टडिजबाट बीएस्सी।सीएसआइटी अध्ययन पूरा गरेका विद्यार्थीहरूको ग्रयाजुएशन कार्यक्रम राजधानीमा सम्पन्न भएको छ ।

२०७२ /७३ मा भर्ना भई अध्ययन पूरा गरेका विद्यार्थीहरूको लागि ग्रयाजुएशन कार्यक्रम आयोजना गरिएको हो । सभापतिको आसन ग्रहण गर्नु भएका कलेजका बोर्ड मेम्बर दिनेशचन्द्र नकर्मीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कलेजका बोर्ड मेम्बर सविन्द्र महर्जनले कलेजले उपलब्ध गराउँदै विविध शैक्षिक कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । एकेडेमिक डाइरेक्टर बृहत् सिंह बोस्वाले कोभिड महामारीका कारण समयमा नै ग्रयाजुएशन कार्यक्रम गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रमका बीएचमका प्रोगाम डाइरेक्टर सचिन प्रधान, एमबीएका प्रोगाम डाइरेक्टर सतेन्द्र उप्रेती, फ्याक्लटी मेम्बर जनककुमार लाल, नारायण थापा, सुनील चौधरी, विशालकुमार जोशी लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरूको विविध गतिविधि समेटिएको भिडियो प्रर्दशन गरिएको थियो ।

त्यस्तै, केही विद्यार्थीहरूले आफ्नो अनुभव सुनाएका थिए । अनौपचारिक सत्रमा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । ग्रयाजुएशन कार्यक्रममा ८६ विद्यार्थीहरू दीक्षित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय