काठमाडौं । पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन बनेसँगै सबै देशवासीले चालकदल र यात्रुहरूको सकुशल अवतरणका लागि प्रार्थना गरिरहेका छन् । यति नै बेला सामाजिक सञ्जालमा भने फेक न्यूज र फोटो भाइरल बनाउने होड पनि चलिरहेको छ ।

अहिले तारा एयरको दुर्घटनाग्रस्त विमान भन्दै एउटा तस्बिर फेसबुकमा यत्रतत्र पोष्ट भइरहेको छ । धेरैले यो तस्बिर सेयर गरेका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले समेत हतारमा श्रद्धाञ्जली दिएकी छन् । उनले पनि फेसबुकमा तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको भन्दै श्रद्धाञ्जली दिएकी हुन् । एकछिनपछि उनले उक्त पोष्ट हटाइन् ।

प्रचण्ड पुत्री गंगा दाहालको फेसबुक पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय