काठमाडौँ। पोखराबाट जोमसोम उडेको तारा एयरको विमानमा मुस्ताङको लेते पहाडमा दुर्घटना भएको आशंका गरिएको छ । विमानमा  ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका थिए ।

चालक दलका तीनजना सदस्य थिए । ९.५५ मा पोखराबाट उडेकोमा १०.१५ मा जोमसोममा अवतरण हुनुपर्दथ्यो ।

चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय