काभ्रे । काभ्रेको मन्डनदेउपुर नगरपालिकाले जेठ ११ गते एउटा पत्र काट्दै गैर्हिबिसौना स्वास्थ्य चौकीलाई आफूसँग भएका स्वास्थ्य सामाग्री नगर अस्पताललाई उपलब्ध गराऊ भन्यो । 
नगरपालिकाले उक्त सामाग्री तत्कालै नगर अस्पतालमा लग्यो ,यो कुरा जनस्तरमा व्यापक चर्चा सुरु भयो र जनताले व्यापक विरोध गर्न सुरु गरे । 

नगरपालिकाले आफुलाई पुनः असक्षम प्रमाणित गरेको चर्चा बजारमा चल्न थाल्यो । “भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धन गरी विजय प्राप्त गरेका मेयर टोक बहादुर वाइबाले नगरलाई र वडालाई सुविधा सम्पन्न गर्लान् भनेको त उल्टै वडा स्वास्थ्य चौकीमा भएका सामाग्री  नगर अस्पताललाई मागेर लगेर गए”,एक स्थानीयले भने ।

तर,जनताको व्यापक विरोध पछि नगरपालिका आफ्नो निर्णयबाट पछाडि हटी उक्त सामाग्री आज गैर्हिबिसौना स्वास्थ्य चौकीमा फिर्ता गरेको छ ।

नगरपालिकाले अस्पताललाई चाहिने सामाग्री जिल्ला,प्रदेश वा सङ्घीय सरकारसंग माग गर्नुपर्नेमा उल्टै वडामा भएका सामग्री नगर अस्पतालमा मागेर लैजानु भने लज्जास्पद विषय बनेको छ ।

नगरपालिका जनताको दबाबका बिच अन्तिम समयमा घुँडा टेक्न बाध्य पारिएको हो । सामाजिक सञ्जाल र गाउँ टोलमा अहिले नगरपालिका प्रमुख र उपप्रमुखको कार्य क्षमता माथि प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय