सिन्धुपाल्चोक । नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटीले नेकपा एमालेका नेता जिल्ला कमिटी सदस्य जिमी लामाको पक्राउ लाई लिएर आपत्ति जनाएको छ ।

पालिका कमिटी अध्यक्ष बेन बहादुर पण्डितद्वारा जारी विज्ञप्तिमा निर्वाचनको समयमा जिल्ला कमिटीका अर्का सदस्य फिन्जो तामाङलाई नेपाली कांग्रेसको अराजक समूहले खुकुरी प्रहार गरी घाइते बनाएको भन्दै घटनाको खेद प्रकट समेत गरेको छ ।

साथै सो घटनामा संलग्नलाई कानुनी कारबाहिको समेत माग गरेको छ । फरक राजनीतिक आस्थाका कारण फसाउने षड्यन्त्र गरेको भन्दै एमालेले राज्य सत्ताको चरम दुरुपयोग भएको आरोप समेत लगाएको छ । घटना भएको दिन काठमाडौँमा रहेका लामालाई प्रहरीले पक्राउ गर्नुले प्रहरीमाथि नै प्रश्न चिन्ह खडा भएको अध्यक्ष पण्डितले बताउनुभयो । पक्राउ परेका लामालाई प्रहरीले गत ६ गते काठमाडौँबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय