
काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली काँग्रेसले मेयर सहित ५ वडामा विजयी हासील गरेको छ ।
मेयरमा उपेन्द्र कार्की विजयी हुनु भएको हो । २०४७ पछी काँग्रेसले यस नगरमा जितेको हो । सभापति उद्धव दाहालले निर्वाचित भए लगतै सक्रियता देखाउनु भएको थियो । उहाँले सबै वडा इकाईका कार्यालयलाई डिजिटल सिस्टममा सञ्चालन गर्न सामाग्री उपलब्ध गराउनु भएको थियो ।
सँगठनलाई चुस्त र मजबुत बनाउन उहाँ सफल हुनुभयो ।सबैको सहयोगले नगरमा विजयी प्राप्त गर्न सकिएको उहाँले बताउनुभयो ।