काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री शेरबहादुर तामाङले नीति तथा कार्यक्रममा मेलम्ची क्षेत्रको आवाज नबोलेको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै तामाङले यस्तो बताउनुभएको हो । 

उहाँले गत वर्षको बाढी पहिरोबाट क्षति पुगेका मेलम्ची बाढी पीडित स्थानीयलाई सम्बोधन गराउन ध्यानाकर्षण गराउनुभयो । उहाँले युवाहरूलाई गाँजा खेतीमा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । ‘कृषिमा आकर्षण दिन संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लिएर आऔँ, पारित गरेर वैधानिक बनाऔँ’, उहाँले भन्नुभयो । 

‘यसो गर्दा हरियो पासपोर्ट बोकेर विदेश जानेहरू जो छन् तिनै युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँ पठाउनेछौँ । यसले अर्थतन्त्रमा टेवा पुर्‍याउने देखिन्छ’,उहाँले भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय