काठमाडौं । नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । 

निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ । 

वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय