Site icon Subhatime

छात्रामाथि दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौँ । काठमाडौंको चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका शिक्षक र कर्मचारीलाई छानविनका लागि  महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ । 

कलेजकै कोअर्डिनेटरले कक्षा ११ का छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका थिए। छात्रामाथि दुव्र्यबहार गरेको भन्दै कलेजमै विध्यार्थीहरु आन्दोलित बनेका थिए । घटना साम्य नभएपछि गौशला प्रहरी कलेजमै पुगेको थियो । 

विद्यार्थीहरुले कलेज परिसरमै प्रदर्शन गरेपछि शिक्षक र कर्मचारीलाई पक्राउ गरिएको हो। 

आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए। 

आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।

दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय गौशला अघि प्रदर्शन गरिरहेका छन्।

Exit mobile version